प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) नयाँ वर्ष २०७७ सालको शुभकाना दिँदै कोरोना महामारी अन्त्य नहुँदासम्म आफूले राज्यबाट पाउने पारिश्रमिक नलिने घोषणा गरेका छन्।
भिडियो सन्देशमार्फत देशवासीलाई नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफ्नो तलबबापतको रकम कोरोना संक्रमण (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्।
सन्देशमा उनले भनेका छन्, ‘देशको कार्यकारी प्रमुखका हैसियतमा कोरोना भाइरसको महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड-१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु।’
मानव जातिकै लागि घातक बनिरहेको कोरोना महामारी अन्त्य प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा पनि प्रधानमन्त्री ओलीले गरेका छन्।
सुनाैँ भिडियाे सन्देश:

प्रतिक्रिया