बाजुराको स्वामिकार्तिक गाँउपालिका- १ साप्पाटा मुक्तिकोटकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी ३५ वर्षीया सुपारी बिकलाई सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा बिकको उद्धार गरिएको हो।
गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले सुत्केरी बिकलाई बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको बताए।
आइतबार बिहान घरमै एक बच्चा जन्माएकी बिकको पेटमा अर्को बच्चा पनि हुन सक्ने आशंका गरिएको साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकको भनाइ छ। सुत्केरीका क्रममा यसअघि बाजुरामा पाँच जना महिलाको मृत्यु भइसकेको छ।
3
Shares

प्रतिक्रिया