राजनीति


चक्रपथ स्तरोन्नतीको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छ : प्रकाश ज्वाला

चक्रपथ स्तरोन्नतीको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छ : प्रकाश ज्वाला

नेपालखबर
साउन २, २०८२ शुक्रबार १६:२७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो काम अगाडि बढाउन आग्रह गरेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्। सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए। 

सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पारे। 

काम शुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उनले आग्रह गरे। सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताए। उनले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै प्रश्न गरे। 

‘तुरुन्तै अगाडि बढ्छ भन्ने वचन सँधै आइरहने तर ठोस रुपमा अगाडि नबढ्ने। यो समस्या हामीले पहिल्येदेखि भोग्दै आएको हो। खासै काम अगाडि बढेको देखिँदैन। प्रक्रियागत झमेला, प्रक्रियागत ढिलाई, यो असाध्यै झन्झटिलो देखिन्छ’ उनले भने, ‘छिटो काम सुर हुनुपर्‍यो। अब नहुने हो भने विकल्प खोज्नुपर्‍यो। होल्डमा मात्रै राख्न भएन। हुने हो भने कहिलेदेखि सुरु हुने हो, कसरी शुरु हुने हो, कहाँ कहाँ त्यसको स्टेप पुग्ने हो? अब नहुने हो भने विकल्प पनि खोज्नुपर्‍यो।’

उनले सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा स्पष्ट पार्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad