राजनीति


नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे

नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे

नेपालखबर
साउन २, २०८२ शुक्रबार १६:३२, काठमाडौँ

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले कलंकी– महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन्।

शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती खेप्नुपरेको र अहिले त्यही प्रवृत्ति दाउन्ने क्षेत्रमा दाहोरिएको भन्दै यसबारे सचेत रहन आग्रह गरेका हुन्।

उनले उक्त सडक खण्डको काममा सरकारको निकै आलोचना भएको उल्लेख गर्दै चक्रपथ स्तरोन्नती गर्दा त्यो प्रवृत्ति दोहोरिन नदिन सचेत गराए। 

उनले चक्रपथ निर्माणलाई शुरुदेखि अन्त्यसम्म उत्कृष्ट ढंगले काम गरेर उदाहरण प्रश्तुत गर्नुपर्ने बताए। वर्षौंपछि चक्रपथ निर्माणले गति लिनु सकारात्मक भएको उल्लेख गर्दै उनले वसुन्धरा क्षेत्रको समस्या समाधान गर्न पनि सरकारसँग आग्रह गरे। 

यदी चिनियाँ सरकारकै सहयोग अन्तर्गतको प्रोजेक्टमा वसुन्धरा क्षेत्रको तीनसय मिटर क्षेत्रलाई समेट्न नसके सरकारले अरु स्रोत जुटाएर भएपनि पूरा गर्नुपर्ने धराणा राखे।

‘हामीले कलंकीदेखि महाराजगञ्जसम्मको यो एरियामा भयंकर स्तरिय, एडभान्स पारामा गाडी गुड्ने, यसपछिको बाँकी भागमा घण्टौँ जाम बस्नुपर्ने, रमाइलो यात्रालाई तुरुन्तै नरमाइलोमा परिणत गर्ने? यो काम सम्पन्न गर्दैगर्दा ति महत्वपूर्ण ठाउँमा पनि स्तरोन्नति हुने, सँगसँगै। त्यो परिस्थिति निर्माण गर्न के गर्न सकिन्छ भन्ने कुरामा सम्पूर्ण सरकारको, मन्त्रालयको ध्यान रहोस्’ सांसद गैरेले भने, ‘अर्को महत्वपूर्ण कुरा म के ध्यानाकर्षण गर्न चाहन्छु भने जस्तो नाराणगढ–बुटवल खण्ड यो वर्ष धेरै राम्रो भयो। म त्यससको प्रशंसा गर्छु। तपाईंहरू सबैलाई धन्यवाद भन्न चाहन्छु। तर त्यो भन्दा अगाडि धेरै वर्ष यसको कार्यान्वयनको जटिलताले धेरै ठूलो आलोचना र धेरै ठूलो बर्बादीको स्थिति हामीले ब्यहोर्नुपर्‍यो। र, अहिले यो वर्ष पनि दाउन्ने क्षेत्रमा पनि मन्त्रालयले गर्न खोजेजस्तो गर्न चाहेजस्तो पूरा भएन।’ 

उनले थपे, ‘त्यसैगरी, यो (चक्रपथ स्तरोन्नती) कार्यान्वयन हामीले जुन रुपमा गर्दैछौँ त्यसखालेका प्रवृत्तिको निरन्तरता फेरि हामीले यसमा भोग्न नपरोस्।’

सांसद गैरेले तोकिएकै समयमा सम्पन्न हुने र एउटा राम्रो सन्देश दिने हिसावले काम गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad