राजनीति


‘३२ लाख घुस बुझेको’ अडिओबारे पत्रकार सम्मेलन गर्दै भूमि मन्त्री अधिकारी

‘३२ लाख घुस बुझेको’ अडिओबारे पत्रकार सम्मेलन गर्दै भूमि मन्त्री अधिकारी

फाइल तस्बिर: भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी


नेपालखबर
साउन १, २०८२ बिहिबार १३:३१, काठमाडौँ

३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको अडिओ कुराकानी सार्वजनिक भएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले आज (बिहीबार) दिउँसो पत्रकार सम्मलेन गर्दै छन्। 

उनले आफ्नो नाम जोडिएको अडिओ काण्डका विषयमा दिउँसो ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने भएका हुन्। 

सार्वजनिक अडिओ कुराकानीमा मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्न ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको छ। 

एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष नियुक्त गर्ने र मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्ने भूमाफियाको योजनाअन्तर्गत भएको कुराकानी अडिओमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad