राजनीति


संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो: पूर्वराष्ट्रपति भण्डारी

संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो: पूर्वराष्ट्रपति भण्डारी

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी र उनकी छोरी उषाकिरण। तस्बिर- सौगात दाहाल/नेपालखबर


नेपालखबर
असार ३१, २०८२ मंगलबार १६:५३, काठमाडौँ

पूर्वराष्ट्रपति ‍विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा दुईपटक संसद् विघटन भएको विषयले आफूलाई पछ्याइरहेको बताएकी छन्। नेकपा एमालेका तत्कालीन महासचिव तथा पूर्वराष्ट्रपतिका स्वर्गीय मदन भण्डारीको ७५ औं जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन मदन भण्डारी फाउन्डेसनले गरेको आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे बोलेकी हुन्।  

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद् विघटन गरेको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, 'विगतको कुरा हो तर यसले मलाई पछ्याइरहन्छ। यसमा म जानकार नै छु। मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन मात्रै गरेको हुँ।' 

त्यतिबेला जे गर्नुपर्थ्यो त्यही गरेको र उक्त काम संवैधानिक व्यवस्थाअनुसार गरेको पनि बताइन्। 'यसमा मैले कुनै प्रेसर दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गरेको मात्रै हो,' उनले भनिन्, 'देशलाई निकास दिनुपर्ने कुरा हो। कुन बेला के गर्नुपर्थ्यो भन्ने बहसको कुरा हुन सक्थ्यो। तर यो दबाबले होइन। संवैधानिक व्यवस्थाअनुसार गरेको हुँ।'  

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ०७७ पुस ५ र ०७८ जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले संसद् विघटन गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad