राजनीति


मन्त्री पदबाट राजीनामा दिएपछि राजकुमार गुप्ताले भने: ‘नखाएको विष पनि लाग्दोरहेछ’

मन्त्री पदबाट राजीनामा दिएपछि राजकुमार गुप्ताले भने: ‘नखाएको विष पनि लाग्दोरहेछ’

नेपालखबर
असार ३१, २०८२ मंगलबार ११:३७, काठमाडौँ

घुस ‘डिल’ प्रकरणमा मुछिएपछि मंगलबार बिहान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताले नखाएको विष लागेको दाबी गरेका छन्। 

राजीनामा दिइसकेपछि उनले फेसबुकमा लेखेका छन्, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको सिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु।’

कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने भनी ७८ लाखको घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका थिए। एमालेबाट मन्त्री बनेका उनले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै भइरहेको थियो। 

सोमबार साँझ मात्र मन्त्रिपरिषद् बैठकमा सहभागी भएका गुप्ताले दबाब खेप्न नसेकपछि आज बिहान मन्त्री पदबाट राजीनामा दिएका हुन्। 

राजीनामा बुझाइसकेपछि उनले फेसबुकमा लेखेका छन्, ‘विगत केही दिनअघि देखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ विदितै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ। म अहिले त्यसैको सिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु। प्रविधिको उच्चतम प्रयोगको सिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad