भारत भ्रमणमा नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले दुईपक्षीय बैठकमा नयाँ सरकारका प्राथमिकताका विषयमा कुरा हुने बताएका छन्।
नयाँ दिल्लीस्थित इन्दिरागान्धी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘लामो समयपछि उच्चस्तरीय भ्रमण हुँदैछ। मूलरूपमा नयाँ सरकार बनिसकेको अवस्थामा हामी हाम्रो प्राथमिकता विषयमा कुरा गर्छौँ।’
के तपाईंले सीमाको विषयमा कुरा उठाउनुहुन्छ? भन्ने प्रश्नमा उनले जवाफ फर्काएनन्। उनले भने, ‘पक्कै पनि हाम्रा प्राथमिकताका सबै विषयहरूमा हामी कुरा गर्छौँ। नयाँ सरकार आएपछि अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौँ।’
विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी नयाँ दिल्ली पुगेका हुन्। मन्त्री खनाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए। उनी जेठ २४ गते काठमाडौँ फर्किनेछन्।
Shares

प्रतिक्रिया