राजनीति


प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८२ सोमबार ७:१४, काठमाडौँ

आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन्।

सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ। 

आजको बैठकमा सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, पर्यटन र ऊर्जा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्। 

आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीसमेत रहेको छ।

हेर्नुहाेस् कार्यसूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad