विधान महाधिवेशनको तयारीमा रहेको नेकपा (एमाले) ले आज केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ।
दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरूलाई बोलाइएको छ।
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गर्दैछन।
यसअघि नेकपाले गएको बिहीबार जनसंगठनहरुको भेला गरेको थियो।
153
Shares

प्रतिक्रिया