राजनीति


अहिलेको संघीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव

अहिलेको संघीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव

नेपालखबर
असार २८, २०८२ शनिबार १८:१३, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले प्रदेशहरुको संरचना घुमाइ घुमाइ बनाइएको बनाइएको जिकिर गरे।

‘प्रदेशहरुको संरचना, यसरी घुमाइ घुमाइ बनाइएको छ, ७ वटा प्रदेश । एउटा प्रदेश मधेस प्रदेशमा त्यहाँका समुदायको प्रतिनिधित्व छ यद्यपि ८ वटा जिल्ला मात्रै मधेस होइन,’ यादवले भने, ‘बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको छ। यो के हो त भन्दा संरचनागत विभेद हो। जबसम्म नेपालमा यो प्रदेशहरुको आकार पहिचान र सामथ्र्यका आधारमा हुँदैन, लोकतन्त्रलाई समावेशी लोकतन्त्र बनाइँदैन, जनसंख्याका आधारमा प्रतिधित्व हुन पाउँदैन, जबसम्म सबै भाषाहरुलाई समानताका साथ जबसम्म मान्यता दिइँदैन, जबसम्म पुरुष र महिलाको बीचमा राज्यले महिलालाई विभेद जबसम्म गर्छ, राज्यले कायम राख्छ, राज्यले जबसम्म लैंगिक असमानता र विभेद अन्त्य गर्दैन, जबसम्म मधेसी र गैरमधेसी बीचको भेदभावको अन्त्य हुँदैन, जसबम्म दलित र गैरदलितको भेदभावको अन्त्य हुँदैन, जबसम्म आदिवासी र अन्यको बीचमा भेदभावको बीचमा विभेद अन्त्य हुँदैन।’ 

अध्यक्ष यादवले समानताका आधारमा न्यायोचित वितरण नभएसम्म सामाजिक न्याय सम्भव नरहेको बताए। उनले समानता र सामाजिक न्याय नभएको ठाउँमा लोकतन्त्रको अर्थ नरहने बताए।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad