पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा भएको बताएकी छिन्।
मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्टेट, सोसाइटी एन्ड डेभलपमेण्ट जर्नलको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने एउटा आधिकारित माध्यम बन्ने बताइन्।
जबजले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अघि बढाएको भन्दै भण्डारीले जर्नलले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अवलम्वन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्नसक्ने बताइन्।
‘जबज सामाजिक, आर्थिक रुपान्तरणको एउटा वृहतर सिद्धान्त हो,’ उनले भने, ‘यो जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरु समेटिन नसक्नुलाई अन्यथा रुपमा लिनु हुँदैन। यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरुका बीचमा अझ व्यापक रुपमा पुर्याउनुपर्छ।’
पूर्वराष्ट्रपति भण्डारीले जबजले माक्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भराजनीतिक विशेषतालाई आत्मसाथ गर्दै समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिष्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन्।
Shares

प्रतिक्रिया