राजनीति


अध्यक्ष नेपालबारे सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको छु: झलनाथ खनाल

अध्यक्ष नेपालबारे सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको छु: झलनाथ खनाल

नेपालखबर
असार २८, २०८२ शनिबार १४:२९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्ष माधवकुमार नेपालका विषयमा आफूले सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको बताएका छन्। 

चीन भ्रमणबाट स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले शनिबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका विषयमा आफूले सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको तर अहिले सार्वजनिक नगरेको बताए। 

‘यो आम जनताको प्रश्न हो हामीले पनि यस्ता प्रश्न गर्नुपर्ने हुनसक्छ। मैले हाम्रो पार्टीको सचिवालयको भर्खरै सम्पन्न भएको बैठकमा एउटा लिखित दस्ताबेज प्रस्तुत गरेको छु। त्यो दस्ताबेज अहिले मैले बाहिर ल्याएको छैन। त्यो पार्टीभित्रै पहिला राखौँ भनेकाले पार्टीभित्रै राखेको छु, त्यसबारेमा छलफल हुन्छ, हुनेवाला छ’ , उनले भने, ‘त्यो छलफल भइसकेपछि यो बारेमा भन्नुपर्ने कुरा भन्नेछु।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा घोटाला गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ। 

यही असार ११ गते मात्र उनले विशेष अदालतमा ३५ लाख धरौटी बुझाएका छन। भ्रष्टाचार मुद्दा परेसँगै उनकै सांसद पनि निलम्बन भइसकेको छ। तर पार्टी अध्यक्ष पद छाडेका छैनन्। बरु उनीविरुद्ध अभिव्यक्ति दिएकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण मागिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad