राजनीति


जुनसुकै सजाय भोग्न तयार तर माफी नमाग्ने रामकुमारी झाँक्रीको अडान

जुनसुकै सजाय भोग्न तयार तर माफी नमाग्ने रामकुमारी झाँक्रीको अडान

रामकुमारी झाँक्री र माधवकुमार नेपालको फाइल तस्बिर


नेपालखबर
असार २६, २०८२ बिहिबार ९:९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिमा माफी नमाग्ने बताएकी छन्। 

उनले बरु आफू जुनसुकै साजय भोग्न तयार रहेको तर बोलिसकेको कुरा कुनै हालतमा नसच्याउने अडान लिएकी हुन्।

टीकाराम यात्रीलाई दिएको अन्तवर्तामा उनले आफू भनाइ सच्याउने मानिस नभएको उल्लेख गरेकी छन्।

‘तपाईंले यही अपेक्षा गर्‍या हो कि- अहँ गर्‍या छैन, माफी माग्छु। जानिनँ, बिराएँ भन्नु भो त! रामकुमारी झाँक्री स्टेटमेन्ट करेक्सन गर्ने मान्छे त होइन। बरु लियाबिलिटी बोकेर आउने मान्छे हो। म त्यत्रो सम्भावना भएको पार्टी छोडेर आएँ। स्टेटमेन्ट त नेभर करेक्सन। जिम्मेवारीपूर्ण बोलेको हो। त्यो सुझबुझमै बोलेको हो’, पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले भनेकी छन्, ‘करेक्सनचाहिँ गर्दिनँ। गरेकै छैन। त्यसको लागि जे पनि भोग्न तयार छु।’

पूरा अन्तर्वार्ता प्रसारण गर्नुअघि पत्रकार यात्रीले झाँक्रीले उक्त कुरा बोलेको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा सेयर गरेका हुन्। 

पतञ्जलि योगपीठको जग्गा घोटाला मुद्दा लागेपछि झाँक्रीले आफ्ना अध्यक्ष नेपालविरुद्ध यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिएकी थिइन्। उनले पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’समेत भनेकी थिइन्। 

यसमा पार्टीको अनुशासन आयोगले असार १७ गते झाँक्रीलाई ३ दिनभित्र स्पष्टीकरण दिन भनेकामा नदिएपछि असार २४ गते ७ दिन म्याद थपिदिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad