राजनीति


वैदेशिक ऋण लिँदैमा जहाजै डुब्ने, आकाशै खस्ने होइन: अर्थमन्त्री वाग्ले

वैदेशिक ऋण लिँदैमा जहाजै डुब्ने, आकाशै खस्ने होइन: अर्थमन्त्री वाग्ले

नेपालखबर
असार ५, २०८३ शुक्रबार १४:२७, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा सोधेका प्रश्नको उत्तर दिने क्रममा उनले बाध्यता सुनाएका हुन्। नेपालले तिर्दै जाने गरी लगानी गरेकाले ऋण लिने कुराले ‘जहाजनै डुब्छ’ भने जसरी विरोध गर्न आवश्यक नभएको उनको जिकिर थियो। 

‘ऋण लिँदैमा जहाजनै डुब्ने, आकाश नै खस्ने होइन,’ अर्थमन्त्री वाग्लेले भने, ‘ऋण लिनु खराब होइन, ऋण लिनुपर्दछ। हाम्रो त बाध्यात्मक अवस्था नै छ।’

उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदलाई आग्रह गरे। ‘कहाँ सदुपयोग गरियो, त्यो उल्लेख्य हो,’ उनले भने, ‘सडक पूर्वाधार, ट्रान्समिसन लाइन, यस्तैयस्तैमा हो हाम्रो ऋणको लगानी।’

आर्थिक वृद्धिका लागि ऋण लिने गरिएको उनको भनाइ थियो। यसले आम्दानी पनि सिर्जना गरिरहेको उनले सुनाए। 

‘त्यो ऋणको सौन्दर्य के हो भने त्यौ आफै तिरिँदै जाने लगानी हो। त्यसले आर्थिक वृद्धि सिर्जना गर्छ। त्यसले आम्दानी सिर्जना गर्दछ,’ उनले भने, ‘ऋण लिएर घिउ खानाको पो भएन त। उत्पादनमूलक गतिविधिमा लगानी गर्नु हुन्छ।’

नेपालले ६५ वर्षदेखि ऋण लिँदै आएको उनले उल्लेख गरे। ‘अर्थतन्त्रको आधार र सामर्थ्य बढ्दै गयो भने वैदेशिक ऋण पनि नट ब्याड,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad