राजनीति


भिजिट भिसा प्रकरणमा विश्वप्रकाशले गरे गृहमन्त्रीको प्रतिरक्षा

भिजिट भिसा प्रकरणमा विश्वप्रकाशले गरे गृहमन्त्रीको प्रतिरक्षा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गृहमन्त्री रमेश लेखकको फाइल तस्बिर


नेपालखबर
असार २८, २०८२ शनिबार ११:१६, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको प्रतिरक्षा गरेका छन्। 

गृहमन्त्री लेखकविरुद्ध अदालतमा उजुरी नपरेकाले उनले पद छाड्नुनपर्ने जिकिर सांसद शर्माले गरेका हुन्।

रास्वपालगायत विपक्षी दलले कांग्रेसबाटै गृहमन्त्री बनेका लेखकले राजीनामा दिनुपर्ने अडान राखेर संसद् बैठकमा अवरोध गरिरहेका बेला कांग्रेस महामन्त्री शर्माले त्यसलाई राजनीतिक फन्डाको संज्ञा दिएका छन्। 

‘विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रस्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन। अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। आवेगमा आएर ‘छोड’ भन्नु वा ‘नछोड्दासम्म विरोध’ गर्नु राजनीतिक फन्डा मात्रै हो’, सांसद शर्माले रासससँग अन्तर्वार्तामा शनिबार भनेका छन्, ‘ठगिएका मानिस सबै पार्टीका हुन्, उनीहरूले न्याय पाउनुपर्छ। अनुसन्धान राम्रोसँग हुनुपर्छ र त्यो अनुसन्धानलाई सबै दलले सघाउनुपर्छ। कानुन सक्रिय हुँदा राजनीति मौन बस्नुपर्छ। प्रतिपक्षीले प्रश्न उठाउँदा त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ। प्रश्न र गुनासो मात्रै नभई अहिले देखिएको भिजिट भिसा प्रकरणजस्तो विषय छानबिनबाट टुंगिनुपर्छ।

यस विषयमा प्रश्न र उनको पूरा उत्तर यस्तो छ

पछिल्लो समय संसद्‌मा देखिने गरेका अवरोध र बहिष्कारका प्रवृत्तिलाई तपाईँ कसरी हेर्नुहुन्छ?

विषयवस्तुलाई हेरेर विवेकसङ्गत रूपमा कुरा गर्दा सजिलो हुन्छ। आवेगलाई हावी बनाउँदा यस्ता जटिलता आउने गर्छन्। अहिलेको समस्याको हल गर्नकै लागि छानबिन समिति बनाइएको छ। भिजिट भिसा प्रकरण वर्षौंदेखि चल्दै आएको रहेछ। यसबीचमा ६ जना गृहमन्त्री बन्नुभयो। अख्तियारजस्तो संवेदनशील संस्थाले अनुसन्धान सुरु गरिसकेपछि त्यो अनुसन्धानलाई सबैले सघाएर जानुपर्छ। जो जो दोषी देखिन्छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ। संवैधानिक अंगले अनुसन्धान गरेको कुरामा भरोसा गर्नुपर्छ। 

अर्को, विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ। प्रस्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन। अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। आवेगमा आएर ‘छोड’ भन्नु वा ‘नछोड्दासम्म विरोध’ गर्नु राजनीतिक फन्डा मात्रै हो। ठगिएका मानिस सबै पार्टीका हुन्, उनीहरूले न्याय पाउनुपर्छ। अनुसन्धान राम्रोसँग हुनुपर्छ र त्यो अनुसन्धानलाई सबै दलले सघाउनुपर्छ। कानुन सक्रिय हुँदा राजनीति मौन बस्नुपर्छ। प्रतिपक्षीले प्रश्न उठाउँदा त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ। प्रश्न र गुनासो मात्रै नभई अहिले देखिएको भिजिट भिसा प्रकरणजस्तो विषय छानबिनबाट टुंगिनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad