राजनीति


राजनीतिक प्रतिवेदनको काम टुंगियो: प्रचण्ड

राजनीतिक प्रतिवेदनको काम टुंगियो: प्रचण्ड

नेपालखबर
असार २२, २०७६ आइतबार ११:५,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक दस्तावेजको काम पूर्ण रुपमा टुंगिएको बताएका छन्।

आइतबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष उनले आज बिहान दुई अध्यक्ष बसेर प्रतिवेदनको सम्पूर्ण काम टुंग्याएको बताए।

‘आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र मेरो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदनको काम टुंग्याइएको छ र त्यो भोलि प्रकाशनमा जाँदै छ’, अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठूलो काम हामीले अआज पूरा गरेका छौँ।’

राजनीतिक प्रतिवेदन नहुँदा कुन पार्टीको विचार, राजनीतिका कार्यदिशा, संगठानत्मक नीति-विधि यो सबै के हुने? कुन चाहिँ विचार आधिकारिक हो? कुन नेताले भनेको आधिकारिक हो, कुन नेताले भनेको आधिकारिक होइन् भन्ने 'कन्फ्युजन' देखिएको भन्दै उनले आजैबाट त्यसको अन्त्य गरेको बताए।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन छापिएर कार्यकर्ताका हातमा पुगेपछि कार्यकर्ता आफैँले आधिकारिक विचारबारे जज गर्ने बताए।

पार्टीको आगामी महाधिवेशन एकताका र सहमतिका आधारमा गर्ने गरी राजनीतिक प्रतिवेदन आएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad