ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ।
सार्वजनिक महत्व प्रस्तावको प्रस्तावक नेकपा (एमाले) की सांसद सुमित्रा विसी छन् भने सांसदरू उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा) पदमबहादुर परियार र पूजा चौधरी समर्थक छन्।
युवाहरूको बढ्दो पलायनका कारण ज्येष्ठ नागरिकहरूको सुरक्षामाथि चुनौती थपिँदै गएको भन्दै यसबारे सरकार गम्भीर बन्नुपर्ने उनीहरूको माग छ। ज्येष्ठ नागरिकको सहलेको जोड दिए।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै सांसद विसीले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गराउने, ज्येष्ठ नागरिकको वर्गीकरण र अवस्थाको आधारमा हवाई यातायात तथा सबै प्रकारको सार्वजनिक यातायातमा छुटको व्यवस्था गर्ने, राज्यको भार कम गर्न बैंकहरुमा निष्क्रिय खातामा रहेको रकमहरु ज्येष्ठ नागरिक कोषमा ल्याउने लगायत व्यवस्था गर्न माग गरे।
उक्त जरुरी महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै समर्थक सांसदहरुले समेत ज्येष्ठ नागरिकको सुरक्षाप्रति राज्य गम्भीर हुन जरुरी रहेको धारणा राखे।
Shares

प्रतिक्रिया