राजनीति


संसद् हलको निरीक्षण गर्दै सभामुख अर्यालले दिए हरेक दिन १ करोड जरिवाना गर्ने चेतावनी (तस्बिर)

संसद् हलको निरीक्षण गर्दै सभामुख अर्यालले दिए हरेक दिन १ करोड जरिवाना गर्ने चेतावनी (तस्बिर)

नेपालखबर
असार १, २०८३ सोमबार १४:०, काठमाडौँ

सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सिंहदरबारमा निर्माणाधीन संसद् हलको निरीक्षण गर्दै काम समयमै सक्न निर्देशन दिएका छन्।

सोमबार संसद् बैठक सुरुहुनुअघि अर्यालले सचिवालयका कर्मचारीहरूसहित निर्माणाधिन संसद् हलको निरीक्षण गरेका हुन्।

त्यसक्रममा उनले हल तयार गर्ने काम दु्रत गतिमा गर्न निर्देशन दिँदै नभए हरेक दिन एक करोड रुपैयाँ जरिवाना गर्ने चेतावनीसमेत दिए। 

गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म हल तयार भएको छैन।

निरीक्षणको क्रममा अर्यालले हल तयार गर्ने यकिन मिति भन्नसमेत निर्माण पक्षलाई आग्रह गरेका थिए। समयमै हल तयार नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनीसमेत उनले दिएका हुन्। 

सहरी विकास मन्त्री, सचिव र निर्माण कम्पनीका मानिसलाई तत्काल बोलाएर उनले हल निर्माणको काम सक्न निर्देशन दिए।

‘रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्‍याउनुपरो नि। बहाना बनाइर हनुहुन्छ,’ चेतावनीको शैलीमा अर्यालले भने, ‘तपाईँहरुले हामीलाई नटेरेको होला। यो त अपमान भएन र? राष्ट्रकै अपमान हो यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad