राजनीति


बंगलादेशका संस्थापक राष्ट्रपतिको हत्या कसुरमा पूर्वसैन्य अधिकारी मजिदलाई दिइयो मृत्युदण्ड

बंगलादेशका संस्थापक राष्ट्रपतिको हत्या कसुरमा पूर्वसैन्य अधिकारी मजिदलाई दिइयो मृत्युदण्ड

नेपालखबर
चैत ३०, २०७६ आइतबार ५:२४,

बंगलादेश स्वतन्त्रताका लागि लडेका संस्थापक राष्ट्रपतिको हत्या कसुरमा पूर्वसैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको छ।

बंगलादेश स्वतन्त्रताका नायक शेख मुजिबुर रहमानको हत्या अभियोगपछि २५ वर्षयता फरार उनलाई शनिबार फाँसी दिइएको हो।

गत मंगबार गिरफ्तार गरिएको उनले बंगलादेशका वर्तमान राष्ट्रपतिसमक्ष जीवन रक्षाका लागि अपिल गरेका थिए। तर त्यसलाई अस्वीकृत गर्दै राजधानी ढाकामा उनलाई मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ।

रहमानको हत्या सन् १९७५ मा भएको थियो।

यस्ताे थियाे घटना
बंगलादेशका वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता हुन्, रहमान। सन् १९७५ को सैन्य कु गरी परिवारका धेरैजसो सदस्यसहित उनको हत्या गरिएको थियो।

बंगलादेशले पाकिस्तानबाट स्वतन्त्र बनेको ४ वर्षमै रहमानको हत्या भएको थियो।

सैन्य कुपछि पनि मजिद देशभित्रै बसेका थिए। उनी शेख हसिना प्रधानमन्त्री भएपछि सन् १९९६ मा भारततिर भागेको विश्वास गरिन्छ।

शेख हसिनाको सरकारले उनका बाबुको हत्यारा संरक्षण गर्ने किसिमको कानुन परिवर्तन गरेर सन् १९९८ मा मजिदसहित १२ सैन्य अधिकारीलाई मृत्युदण्ड सुनाएको थियो।

बंगलादेशको सर्वोच्च अदालतले उक्त निर्णयलाई सन् २००९ मा सही ठहर्‍याएपछि लगत्तै पाँच दोषीलाई फाँसी दिइएको थियो। गत महिना आफ्नो देश फर्केका मजिदलाई गिरफ्तार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad