हङकङको जोर्डनमा अगलागी, नेपाली महिला भन्छिन्ः सातोपुत्लो गयो तर बाँचियो

हङकङको जोर्डनमा अगलागी, नेपाली महिला भन्छिन्ः सातोपुत्लो गयो तर बाँचियो

मगेन्द्र राई
चैत ३०, २०७६ आइतबार ५:१९,

हङकङको जोर्डनस्थित ३७ नम्बर बिल्डिङ युनाइटेड मेन्सनमा आइतबार बिहानै आगलागी भएको छ। जोर्डन रोडको यो ठूलो आवासीय भवनको १४ औं तलाको छतमा बिहान ११ बजे आगलागी भएको हो।

छानामा आगो दन्किएको देखिएपछि तत्काल ठूलो संख्यामा बारुण, उद्दारकर्मी तथा प्रहरी परिचालन गरि नियन्त्रण गरिएको छ। समयमै आगो नियन्त्रण गरिएकाले ठूलो धन जनको क्षति नभएको जनाउँदै प्रहरीले आगलागीको कारण खोज्न अनुसान्धन थालेको छ।

hkfire222

उक्त भवनमा बसोबास गनेृ अधिकांश नेपाली रहेका छन्। सबैलाई कोठा खाली गराई सुरक्षित स्थान सडकमा झारिएको छ।

‘शुरुमा त केही थाहा भएन, तर बारुण यन्त्रको साईरन र आकाशमा देखिएको धुवाँले कतै वरिपरि केही अनिस्ट भयो भन्ने शंका लागेको थियो’, भवनको १३ तलामा बस्ने नेपाली महिलाले नेपालखबरसँग भनिन्, ‘नभन्दै केही समयमै फायरको मान्छेले तत्काल कोठा छाडी सडकमा झर्नु भनेपछि पो सातोपुत्लो गयो। खुशीको कुरा कुनै अप्रिय घटना हुन पाएन।’

hkfire33

जोर्डन क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु बसोबास गर्दछन्। केही समय अगाडि सोहि भवनको नजिकै आगलागी भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .