समाज


कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ७ सय संक्रमित

कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ७ सय संक्रमित

नेपालखबर
चैत ३०, २०७६ आइतबार ५:५४,

कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृत्यु भएको छ। यस्तै यसबाट करिब ७ सय गैरआवासीय नेपाली संक्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको तथ्यांकअनुसार बेलायत, अमेरिका र साउदी अरब (यूएई) मा गरी कोरोना भाइरसका कारण १४ नेपालीको मृत्यु भएको हो ।

एनआएरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिले कोरोना भाइरसका कारण विभिन्न देशमा मृत्यु भएका नेपालीको तथ्यांक संकलन गरेको हो।

जसअनुसार बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृत्यु भएको हो।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विभिन्न देशमा गरी ६ सय ७५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा यस्ता नेपालीकाे संख्या सयभन्दा बढी भइसकेकाे उनले जानकारी दिएका छन्।

यस्तै पोर्चुगलमा २२, स्पेनमा १८, जर्मनीमा ४, अस्ट्रेलियामा ९, यूएईमा १०, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ। अन्य देशमा पनि विवरण संकलन भइरहेकाे  एनआरएनले जनाएको छ। 

कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीका लागि हेल्पलाइन
कोरोना महामारीका कारण विभिन्न मुलुकमा सास्ती भोगिरहेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले एनआरएनएले आइतबार हेल्पलाइन सेवा सुरु गरेको छ।

काठमाडौंस्थित संघको सचिवालयबाट २४सै घण्टा यो सेवा सञ्चालन हुने एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन्।

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीले  हेल्पलाइनको नम्बरमा फोन गरेर आफ्ना समस्या सुनाउन सक्ने उनले बताएका छन्।

यी हुन् सम्पर्क नम्बर
९८४१२८०००५ (बिहान ६ देखि दिउँसो २ बजेसम्म)

९८०८३१२५५५ (दिउँसो २ बजेदेखि राति १० बजेसम्म)

९८२३४५८२०४ (राति १० बजेदेखि बिहान ६ बजेसम्म)

यस्तै एनआरएनएको फेसबुक पेज र इमलेमार्फत पनि समस्या राख्न सकिने एनआरएनएले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad