राजनीति


संसद्‍मा रचनात्मक बहसको सट्टा आरोप–प्रत्यारोपमै अल्झिरहेका छौँ : सांसद नेम्वाङ

संसद्‍मा रचनात्मक बहसको सट्टा आरोप–प्रत्यारोपमै अल्झिरहेका छौँ : सांसद नेम्वाङ

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८२ बुधबार १७:४, काठमाडौँ

नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसद्‍मा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले संसद्को अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिंदा मुल उद्देश्य नै ओझेलमा परेको धारणा राखे। 

‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो, तर दुर्भाग्य कहिलेकाँही रचनात्मक बहसको सट्टा अरु विषयमा समय खर्च गरेर बसिरहेका छौं कि भन्ने मलाई लागेको छ,’ नेम्वाङले भने, ‘आरोप–प्रत्यारोप, गालीगलौज, टिकाटिप्पणी र असंसदीय व्यवहारमा अल्झिँदा हामीले हाम्रो मुल जिम्मेवारी ओझेलमा पारेको जस्तो मलाई महसुश भएको छ।’

उनले संसद्‍मा छलफलका लागि अन्य धेरै विषय रहेको उल्लेख गरे। ‘हामीसँग छलफलका लागि थुप्रै विषय छन् जस्तो लाग्छ मलाई, हामीले धेरैभन्दा धेरै समय त्यसमा व्यतित गर्नुपर्छ भन्ने मलाई लागेको छ,’ नीति नियमलाई अझै प्रभावकारी बनाएर, हाम्रो काम गर्ने शैलीलाई सुधारेर जनतालाई सकारात्मक परिवर्तन भएको अनुभुति दिनुपर्छ। शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकासलजस्ता क्षेत्रहरुमा अझै गम्भीर भएर काम आवश्यक देखेको छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad