रसुवामा बाढीबाट प्रभावितहरूको उद्धारमा खटिएका सशस्त्र प्रहरीका सहायक हवलदार बिशाल थापा घाइते भएपछि उनलाई काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–३ लिङलिङ क्षेत्रमा उद्धार कार्यमा खटिएका उनी बुधबार बिहान सवा १० बजेतिर भिरको बाटोबाट १० मिटर तल खोचमा खसेका थिए।
उनलाई हेलिकप्टरबाट दिउँसो सवा ४ बजे काठमाडौँ ल्याएर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालतर्फ लगिएको सशस्त्र प्रहरीले जनाएको छ। उनको टाउको र घुँडामा चोट लागेको छ।
थापाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।
435
Shares

प्रतिक्रिया