नेकपा एमाले सचेतक सुनिता बरालले संसद् अफवाह फैलाउने ठाउँ नभएको बताएकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरू नफर्किएको भन्दै आरोप लगाएपछि उनले संसद् गलत कुराको प्रचार गर्ने ठाउँ नभएको उल्लेख गरिन्।
‘यो संसद् अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ होइन,’ बरालले भनिन्, ‘तथ्यको आधारमा कुरा गरौँ। देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै होइन, राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसाबले गएको हुन्छ। पटक पटक टिप्पणी गरिरहेका मान्यलाई म प्रश्न गर्न चाहन्छु, भाषा र परिभाषाको ज्ञान तपाईंलाई सिकाउनपर्यो भने हामी तयार छौँ। तर बोल्दा हेक्का पुर्याएर बोल्न चुनौति दिन चाहन्छु।’
सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको बताउँदै देशको गौरव बनाएर आउँदा किन छटपटी भयो भन्ने प्रश्न गरिन्।
Shares

प्रतिक्रिया