राजनीति


रुपन्देही–३ मा नागरिक उन्मुक्तिका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय

रुपन्देही–३ मा नागरिक उन्मुक्तिका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय

नेपालखबर
असार २४, २०८२ मंगलबार २१:१७, काठमाडौँ

संघीय लोकतान्त्रिक मोर्चाले २०८२ कार्तिक १७ गते हुने रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं. ३ को उपचुनावमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा समर्थन गर्ने निर्णय गरेको छ।

असार २४ गते तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालको अध्यक्षतामा काठमाडौँमा बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकले निजामती सेवा ऐनमा राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गरिएको निर्णयमा भएको चलखेल लोकतान्त्रिक विधि प्रक्रिया र संसदको घोर अपमान हो भन्दै यसमा संलग्नलाई कडा कारबाहीको गर्न माग गरेको छ। 

यस्तै, संवैधानिक नियुक्ति सम्बन्धी सर्वोच्च अदालतको फैसला संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ। बैठकबाट छुट्टै संवैधानिक अदालत बनाउनु पर्ने माग गर्ने समेत निर्णय गरेको छ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धार्मिक आस्था माथी प्रहार नगर्न र सनातन हिन्दु देवीदेवता बारेको आधारहिन र अशोभनीय भनाई फिर्ता लिन आग्रह समेत गरेको छ।

मोर्चाको उदेश्य, आवश्यकता र औचित्यबारे प्रष्ट पार्न काठमाडौँ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा कार्यक्रम गर्ने मोर्चाको ठेगान छ।

मोर्चाको तर्फबाट वृषेषचन्द्र लालद्वारा जारी विज्ञप्तिमा ‘मोर्चा र विभिन्न पहिचान पक्षधर समूहहरूद्वारा विभिन्न समयमा गरिएका संघर्ष, विद्रोह र आन्दोलनको क्रममा झुठा मुद्दा लगाई जेलमा राखिएका राजबन्दीहरुलाई तत्काल मुद्दा खारेज गरि रिहा गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसंग पुनः माग गर्ने निर्णय’ पनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad