ग्लोबल


इरानको दाबी: बहराइन र कुवेतमा अमेरिकी सेनाविरुद्ध ‘ठुलो आक्रमण’ गर्‍यौँ

इरानको दाबी: बहराइन र कुवेतमा अमेरिकी सेनाविरुद्ध ‘ठुलो आक्रमण’ गर्‍यौँ

नेपालखबर
साउन ५, २०८३ मंगलबार ६:८, काठमाडौँ

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सेनाविरुद्ध ठुलो मात्रामा क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरिएको दाबी गरेको छ।

बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले सोमबार विज्ञप्तिमा भनेको छ, ‘हाम्रो नौसेनाले अपरेसन नस्र-२ को २३औँ लहरअन्तर्गत तीन चरणमा अमेरिकी सेनालाई भारी क्षति गराइएको छ।’

आक्रमण बहराइनको अल-सखिर हवाई अड्डामा अमेरिकी एकाइका लागि ड्रोन मर्मत केन्द्रलाई निसाना बनाइएको बताइएको छ। साथै बहराइनको सलमान बन्दरगाह र कुवेतको आरिफजान बेसमा टीएफ५९ जहाज तयारी सुविधामा पनि हमला गरिएको दाबी गरिएको छ। 

यसैबिच अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले लगातार नवौँ रात इरानमा आक्रमण गरिएको भन्दै तस्बिर जारी गरेको छ। आक्रमण  इरानका सैन्य कमान्ड केन्द्र, वायु रक्षा र तटीय निगरानी आधारमा गरिएको दाबी गरिएको छ। 

इरानले पनि उर्मिया, तब्रिज र बुसेहरमा आक्रमण गरिएको पुष्टि गरेको छ। रिपोर्टअनुसार तब्रिजमा एक व्यक्तिको मृत्यु भएको छ भने उर्मिया र तब्रिजमा धेरै जना घाइते भएका छन्। 

यसैबिच इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अमेरिकाले युद्ध रोक्ने कुरा गर्दा पनि यस क्षेत्रमा निरन्तर सैन्य उपकरण र हतियार पठाइरहेको छ।’

गालिबाफले अगाडि लेखेका छन्, ‘इरानले अमेरिकी रणनीतिलाई पूर्ण रूपमा बुझेको छ र तदनुसार तयारी गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad