नेकपा (एकीकृत समाजवादी) को सचिवालय पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ। शुक्रबारदेखि सुरु भएको एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै रोकिदै गरेको छ।
आजको बैठकमा पार्टीकी नेता रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरण र उनले पार्टीमा बुझाएको पत्रबारे छलफल हुनेछ। आइतबार त्यसलाई एजेन्डा बनाइएको भए पनि समय नपुगेको भन्दै छलफल गरिएको थिएन।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्दा लागेपछि त्यसलाई लक्षित गर्दै झाँक्रीले ‘मरेको सिनो बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन्।
पार्टी अनुशासन तोडेको भन्दै उनलाई पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो। तर, झाँक्रीले आफूले स्पष्टीकरण नपाएको र आफ्नो चरित्र हत्या गरिएको भन्दै यसबारे पार्टीमा पत्र बुझाएकी थिइन्।
78
Shares

प्रतिक्रिया