राजनीति


स्पेन भ्रमणबारे केपी ओली: इजिप्टका प्रधानमन्त्रीसँग विपिन जोशीको रिहाइबारे कुरा भयो

स्पेन भ्रमणबारे केपी ओली: इजिप्टका प्रधानमन्त्रीसँग विपिन जोशीको रिहाइबारे कुरा भयो

नेपालखबर
असार २३, २०८२ सोमबार १६:०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुलीसँग हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइबारे कुराकानी भएको बताएका छन्। 

सोमबारको प्रतिनिसभा बैठकमा उक्त भ्रमणबारे जानकारी गराउँदै उनले हमासले बन्दी बनाएका जोशीको रिहाइको विषयमा कुराकानी गरेको बताएका हुन्। 

'उहाँ(इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली)सँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयहरूमा छलफल गरेको छु,' उनले भने, 'साथै, हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर पहलका लागि अनुरोध गरेको छु।'

त्यस्तै प्रधानमन्त्री ओलीले गत साता स्पेनमा भएको स्टोनियाका राष्ट्रपति अलार कारिससँगको भेटमा सूचना प्रविधिका विषयमा छलफल भएको बताए।  

'स्टोनियाका राष्ट्रपतिसँग भएको भेटवार्तामा सूचना प्रविधिका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भयो,' प्रधानमन्त्री ओलीले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad