राजनीति


गृहमन्त्री लेखक र स्वीटजरल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

गृहमन्त्री लेखक र स्वीटजरल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

नेपालखबर
असार २३, २०८२ सोमबार १६:७, काठमाडौँ

गृहमन्त्री रमेश लेखक र स्वीटजरल्यान्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस बीच सोमबार भेटवार्ता भएको छ। 

गृहमन्त्री लेखकसित स्वीटजरल्यान्ड विदेशमन्त्री क्यासिससहितको प्रतिनिधिमन्डलले सोमबार भेटवार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।

भेटमा गृहमन्त्री लेखकले दुई देशबिचको मित्रवत् सम्बन्ध,नेपालको विकास निमार्ण र शान्ती प्रक्रियामा स्वीटजरल्यान्डको सहयोगको प्रशंसा गरेको बताए।  

'भेटमा दुई देशको विकास, आर्थिक मुद्धाहरुमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको छ,' प्रवक्ता तिवारीले भने, 'जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा सझेदारी गर्ने लगायतका भएको छ।' भेटका क्रममा अन्य दुई पक्षिय चासोका विषयमा समेत छलफल भएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad