नेपाली कांग्रेसको सहमहामन्त्री जीवन परियारले पार्टीकै अगुवाइमा संविधान संशोधनको काम सुरु गर्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै परियारले संविधान संशोधनका लागि कांग्रेसको अगुवाइमा संविधान संशोधन समिति बनाउनुपर्ने बताएका हुन्।
‘संविधानको धारा ७२ को उपधारा २ अनुसार सरकार बनाउनेलगायत ७ बुँदे सहमति गरे पनि सरकार बनाउनेबाहेक अरू बुँदा कार्यान्वयनमा आउन सकेको छैन,' उनले भने, 'संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीकै एक वरिष्ठ नेताको संयोजकत्वमा संविधान संशोधन समिति बनाऔं।’
69
Shares

प्रतिक्रिया