राजनीति


एकीकृत समाजवादीको बैठक : रामकुमारीको स्पष्टीकरणबारे छलफल नै भएन

एकीकृत समाजवादीको बैठक : रामकुमारीको स्पष्टीकरणबारे छलफल नै भएन

नेपालखबर
असार २२, २०८२ आइतबार १८:५७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)को  केन्द्रीय सचिवालयको आज बसेको बैठकमा पनि नेता रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरणबारे छलफल नभएको पाइएको छ।

बैठककको एजेन्डामा राखिएको भए पनि आज प्रदेश अध्यक्षहरूको रिर्पोटिङले समय खाएको हुँदा त्यसमा छलफल हुन नसकेको एकीकृत समाजवादीका एक नेताले नेपालखबरलाई जानकारी दिए।

‘आज विषय प्रवेश भएन,’ ती नेताले भने, ‘एजेन्डामा राखिएको भए पनि समय नपुगेकाले आज छलफल गर्न भ्याइएन।’

सचिवालयको अर्को बैठक २४ गते बस्ने र उक्त बैठकमा त्यसबारे छलफल हुने बताइएको छ। 

झाँक्रीले अघिल्लो शनिबार बुटवलमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टचारको मुद्दा लागेको प्रसँग निकाल्दै ‘मरेको सिनो बोकेर हिँड्न नहुने’ धारणा राखेकी थिइन्। 

त्यसपछि एकीकृत समाजवादीका बरिष्ठ नेताहरूले उनले पार्टीको अनुशासन तोडेको भन्दै कारबाही गरिने चेतावनी दिएका थिए। त्यसपछि जवाफ दिन ३ दिनको समय दिएर १८ गते उनलाई स्पष्टीकरण सोधिएको थियो। 

तर, झाँक्रीले पनि आफूले स्पष्टीकरण नपाएको भन्दै त्यो हल्ला मात्रै भएको प्रतिक्रिया संचारमाध्यमलाई दिएकी थिइन्। त्यस्तै पार्टीमा आफूलाई सोधिएको भनिएको स्पष्टीकरणबारे सत्य तथ्य के हो भन्दै सचिवालय बैठकमा पत्र बुझाएकी थिइन्। 

तर, स्पष्टीकारण सोध्ने पार्टीको अनुशासन आयोगले भने घरमै गएर झाँक्रीका छोरालाई स्पष्टीकरण पत्र बुझाएको बैठकमा जानकारी दिएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad