राजनीति


पार्टीले भन्छ भने समिति सभापतिबाट राजीनामा दिन तयार छु: रामहरि खतिवडा

पार्टीले भन्छ भने समिति सभापतिबाट राजीनामा दिन तयार छु: रामहरि खतिवडा

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८२ शुक्रबार १६:२२, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन आए संसदीय समितिबाट राजीनामा दिन तयार रहेको बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै खतिवडाले पार्टीले निर्देशन दिए राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हट्न आफू तयार रहेको बताएका हुन्।  

प्रतिनिधिसभाबाट असार १५ गते पारित भएको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरिडयको व्यवस्था हटेको विषयमा खतिवडा विवादमा तानिएका छन्। 

उनले आफू कुलिङ पिरिडकै पक्षमा रहेको भन्दै कसले विषय विधेयकबाट हटायो थाहा नभएको बताउँदै आएका छन्। 

विपक्षी दलले पनि उनको राजीनामा मागिरहेको बेलामा उनले भने, 'सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु। तर अहिले जे भइरहेको छ यो मेरो गल्तीका कारण र मेरा कारण भएको कुरा होइन भन्न चाहन्छु।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad