राजनीति


रुपन्देही-३ मा राप्रपाको चुनावी कमान्डर ध्रुवबहादुर प्रधान

रुपन्देही-३ मा राप्रपाको चुनावी कमान्डर ध्रुवबहादुर प्रधान

केन्द्रीय कार्यसम्पादन समितिको बैठक


नेपालखबर
असार १९, २०८२ बिहिबार १५:२२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। 

बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बैठकले असोज मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने जिल्ला अधिवेशनहरूको तयारीलाई तीव्रता दिन मुख्य नेताहरू समेत सामेल गराएर ७७ वटै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने निर्णय पनि गरेको छ। 

त्यस्तै रुपन्देही–३ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारी प्रारम्भ गर्न र सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूची सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिइएको छ। साथै, उपाध्यक्ष ध्रुवबहादुर प्रधानको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ।

बैठकले पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरण तथा संघीय निजामती सेवा विधेयकमा भएको राजनीतिक चलखेलप्रति पनि पार्टीको स्पष्ट धारणा बनाएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad