कारोबार


साताभर हरियो भयो सेयरबजार, अन्तिम दिन साढे ९ अर्ब बढीको कारोबार

साताभर हरियो भयो सेयरबजार, अन्तिम दिन साढे ९ अर्ब बढीको कारोबार

नेपालखबर
असार १९, २०८२ बिहिबार १५:३७, काठमाडौँ

यस साता सेयरबजार सबै दिन बढेको छ। 

अन्तिम कारोबार दिन पनि नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा पुगेको हो। 

यस दिन ९ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आइतबार साढे २६, सोमबार ९, मंगलबार २९, बुधबार ३४ र बिहीबार ९ अंकले बजार परिसूचक बढेको हो। 

बिहीबारको कारोबारमा १२२ वटा सेयरको मूल्य बढेको छ भने १२५ वटाको घटेको छ। आज नेपाल फाइनान्सको ९.९८ प्रतिशत, खानीखोला हाइड्रोपावरको ७.१७ प्रतिशत, समृद्धि फाइनान्सको ७.०८ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ६.७८ प्रतिशत र सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशतले सेयर मूल्य बढेको छ। 

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा भने नकारात्मक सर्किट अर्थात् १० प्रतिशतले घटेको छ। यसबाहेक गुराँस लघुवित्तको ९.९५ प्रतिशत, धौलागिरि लघुवित्तको ५.५५ प्रतिशत, पाँचथर पावर कम्पनीको ३.७९ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको ३.७७ प्रतिशतले सेयर मूल्य घटेको छ। 

बिहीबार धेरै कारोबार भने बुटवल पावर कम्पनीको ३१ करोडको भएको छ। यसबाहेक साहस ऊर्जाको २७, सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड, राधी विद्युतको २३ र एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोडको किनबेच भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad