राजनीति


प्रधानमन्त्री नेतृत्वको शासकीय सुधार आयोगमा खड्का र थापा सदस्य नियुक्त

प्रधानमन्त्री नेतृत्वको शासकीय सुधार आयोगमा खड्का र थापा सदस्य नियुक्त

नेपालखबर
असार १८, २०८२ बुधबार ७:३९, काठमाडौँ

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा गठन गरिएको शासकीय सुधार आयोगमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल सदस्य नियुक्त भएका छन्। 

गएको वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा आयोग गठन गरेको थियो। 

खड्का र थापाको नियुक्तिसँगै १५ सदस्यीय आयोगले पूर्णता पाएको छ। यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खड्का र थापालाई राजनीतिक दलका तर्फबाट सदस्य नियुक्त गरिएको हो।

आयोगमा विज्ञ सदस्यका रूपमा पूर्वसचिवहरू राजन खनाल र यामकुमारी खतिवडा तथा पूर्वबैंकर वर्षा श्रेष्ठ सदस्य छन्। 

त्यसैगरि निजी क्षेत्रका तर्फबाट त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजयकुमार चौरसिया, संघीय मामिलामन्त्री राजकुमार गुप्ता सदस्य छन् । 

त्यसैगरि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल पनि आयोगमा सदस्य छन्। प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्की आयोगको सदस्यसचिव तोकिएका छन्। 

सार्वजनिक सेवा प्रवाहलाई सरल, पहुँचयोग्य, मितव्ययी र झन्झटरहित बनाउने, सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायको भौतिक तथा मानवीय संरचना, कार्यविधि र प्रविधिलाई सेवाग्राहीमैत्री बनाउने, सरकारी निकायबाट हुने निर्णय प्रक्रियालाई छिटोछरितो, नतिजामूलक र सरल बनाउने, कार्यसम्पादनमा ढिलासुस्ती र दोहोरोपना हटाउन तहगत र निकायगत अन्तर–समन्वय सुनिश्चिततालगायत विषयमा सुधार गर्ने उद्देश्यसहित प्रधानमन्त्रीले आफ्नै अध्यक्षतामा आयोग गठन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad