राजनीति


यस्तो छ आज बस्ने राष्ट्रियसभाको कार्यसूची

यस्तो छ आज बस्ने राष्ट्रियसभाको कार्यसूची

नेपालखबर
असार १७, २०८२ मंगलबार ५:५३, काठमाडौँ

राष्ट्रियसभाको बैठक आज बस्दै छ। मंगलबार दिउँसो बस्ने बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची छ।

त्यस्तै, ११ मन्त्रालयसम्बन्धी छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रियसभा सचिव डा.सुरेन्द्र अर्यालले नागरिकता विधेयक, २०८२’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यक्रम छ।

त्यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरी पारित गर्ने कार्यसूची पनि रहेको छ।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका विषयमा पनि बैठकमा जानकारी गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

हेर्नुहोस् कार्यसूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad