राजनीति


संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन : सभामुख घिमिरे

संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन : सभामुख  घिमिरे

नेपालखबर
असार १६, २०८२ सोमबार १४:७, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन्।

संसद् दिवस, २०८२ को अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्को भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चको रुपमा विकास गर्न नहुने उनको भनाइ छ। उनले गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासहरूलाई विफल पार्न संसद्ले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

उनले पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले संसद्को प्रभावकारितामाथि प्रश्न खडा गर्नेमात्र नभई संसदीय व्यवस्था र प्रणालीमाथि चुनौती खडा गर्ने वितण्डताहरु भोगिरहेको उल्लेख गर्दै व्यवस्था र प्रणालीको रक्षाका लागि एकजुट हुन जरुरी रहेको बताए।

‘संसद् भाषण र नारावाजी गर्ने ठाउँ होइन, यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रुपबाट यसलाई लानुपर्छ,’ घिमिरेले भने, ‘जनताको आस्था बलियो बनाउने कुरा संसदले खेल्ने भूमिका हो। त्यो भूमिका खेल्नको लागि अहिले आइरहेका बहुआयामिक चुनौतीहरू छन्। खासगरी गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन सकिन्छ कि भनेर अनेक ढंगबाट गरिएका कोसिस निष्फल पार्नु नै आजको प्रमुख आवश्यकता र कर्तव्य हो।’

उनले थपे, ‘त्यसो गर्नको लागि संसदमाथि आशा, विश्वास जगाउनेगरी कामहरु गर्नुपर्छ। यसरी काम गर्ने सन्दर्भमा पूर्वसांसदहरुको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ। उहाँहरुसँग भएको योग्यता र क्षमतालाई अहिलेको चुनौतीहरुलाई सामना गर्नको लागि सरकारको तर्फबाट खासगरी संसदको तर्फबाट अझै धेरै कामहरु गर्नुपर्छ भन्ने मलाई लाग्दछ।’

संसद्लाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad