राजनीति


प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपतिबीच कतारमा भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपतिबीच कतारमा भेटवार्ता

नेपालखबर
असार १५, २०८२ आइतबार ७:३१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा.फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए। 

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समयअनुसार गए राति दाेहा पुगेकाे थियाे। त्यहाँ उनलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चअधिकारीहरू र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । यस्तै प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चुडामणि कार्कीले पनि भ्रमण दललाई स्वागत गरेका थिए।

प्रधानमन्त्री ओली शनिबार साँझ काठमाडौँबाट स्पेन प्रस्थान गरेकाे हाे। कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली आज स्पेनको राजधानी म्याड्रिड पुग्नेछ । भ्रमणको दोस्रो दिन असार १५ गते दिउँसो भ्रमण टोली स्पेनको सेभियामा पुग्नेछ । त्यसपछि नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

२१ सदस्यीय भ्रमण दलमा ओलीकि पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad