समाज


विषालु च्याउ पकाएर खाँदा एकै गाउँका १६ जना बिरामी

विषालु च्याउ पकाएर खाँदा एकै गाउँका १६ जना बिरामी

फाइल तस्बिर


नेपालखबर
असार १५, २०८२ आइतबार ७:५०, नवलपरासी पूर्व

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउको तरकारी पकाएर खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन्। 

स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरू घर ढलानको भोजमा च्याउको तरकारी खाएर बिरामी परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

बिरामीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। उनीहरु सबै बुलिङटार गाउँपालिका–२ का बासिन्दा हुन्। 

च्याउ खाएर बिरामी परेका स्थानीय १७ वर्षीया निशा ठाडामगर, ४५ वर्षीय एकवीर बराल र ५० वर्षीया चुलीमाया थापाको अवस्था गम्भीर छ। च्याउ खाएर बिरामी हुनेहरूमा सोही ठाउँका ५१ वर्षीया समीमाया राना, १७ वर्षीया कविता लुङ्गेली, ३७ वर्षीय सीताराम गरन्जा मगर, ४८ वर्षीय कृष्णबहादुर राना, ७८ वर्षीया जसु डिसुवा मगर र ४२ वर्षीया हुमाया सारु रहेका छन्। 

यस्तै स्थानीय ६६ वर्षीया गनिसरा रानामगर, ४० वर्षीया मनमाया लुङ्गेली मगर, ३५ वर्षीया धनमाया लुङ्गेली, ५० वर्षीया रुमा गाहामगर, १८ वर्षीय राजन रानामगर, ३१ वर्षीय सञ्जय कुमाल र उनकी सात वर्षीया छोरी एरिना कुमाल पनि च्याउ खाए बिरामी परेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad