राजनीति


विद्या भण्डारीका नाममा अवसरवादी तत्त्वहरू सल्बलाइराखेका छन् : शंकर पोखरेल

विद्या भण्डारीका नाममा अवसरवादी तत्त्वहरू सल्बलाइराखेका छन् : शंकर पोखरेल

नेपालखबर
असार १४, २०८२ शनिबार १९:५२, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर नजाने’ टिप्पणी गरेका छन्। 

एमालेपोखरा महानगरपालिका कमिटीले शनिबार मदन जयन्तीको अवसरमा आयोजित बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै त्यसकै नाममा अवसरवादीहरू सलबलाई राखेको समेत बताए।

‘मलाई लाग्छ हाम्रो सम्माननीय पूर्व राष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान सक्नुहुन्छ भन्ने म ठान्दिनँ,’ पोखरेलले भने, ‘सामाजिक सञ्जालमा अनेक प्रकारका प्रवृत्ति देखा परिराखेका छन्।’ 

उनले थपे, ‘त्यसका नाममा कतिपय अवसरवादी तत्वहरु सलबलाई राखेका छन्।’

पूर्वराष्ट्रपति भण्डारीले आजै काठमाडौँमा आयोजित कार्यक्रममा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छिन्।

त्यस्तै उनले आफू र उपाध्यक्ष विष्णु पौडेलका नाममा कित्ताकाट गर्ने प्रयास भएको समेत उल्लेख गरे। ‘शंकर पोखरेल र विष्णु पौडेलका नाममा धार जन्माउने कोसिस भए,’ पोखरेलको भनाइ छ, ‘कित्ताकाटको प्रयत्न नभएको हो र?’

पार्टीभित्र ध्रुब खडा गर्ने प्रवृत्ति एमालेको हितमा नभएको समेत उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad