बागमती


मकवानपुरमा खुर्पा प्रहारबाट एकजनाको मृत्यु

मकवानपुरमा खुर्पा प्रहारबाट एकजनाको मृत्यु

नेपालखबर
असार १४, २०८२ शनिबार २०:११, काठमाडौँ

मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा खुर्पा प्रहारबाट एकजनाको ज्यान गएको छ। 

शनिबार (आज) बिहान ५ बजेतिरको समयमा स्थानीय स्वास्थ्य चौकीका कार्यालय सहयोगीले खुर्पा प्रहार गर्दा स्थानीय ५७ वर्षीय राम बहादुर वाइवाको मृत्यु भएको हो। 

बाराको निजगढ नगरपालिका–३ सिंगोलका ३५ वर्षीय कुमार थापाले वाइबामाथि खुर्पा प्रहार गरेका हुन्। खुर्पा प्रहार गर्ने थापा बेतिनीस्थित स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार खुर्पा प्रहारबाट वाइबा गम्भीर घाइते भएका थिए। आक्रमणपछि थापाले नजिक कोही आएमा मारिदिने धम्की दिँदै घटनास्थलमै बसेको बसेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटना सम्बन्धी जानकारी बिहान करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय फापरवारीमा प्राप्त भएपछि प्रहरी निरीक्षक पावल सिंह लामाको कमाण्डमा ६ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले थापालाई घटनास्थलमै नियन्त्रणमा लिएको बताएको छ।
 
गम्भीर घाइते वाइवाको उपचारका क्रममा बेतिनी स्वास्थ्य चौकीका चिकित्सकले बिहान ७स्४५ बजे मृत घोषणा गरेका थिए। शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल राखिएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय फापरवारीका अनुसार घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। घटनास्थलमा प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad