नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पताञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको हो।
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए। 'विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि निसाना साँधिँदै आएको छ। त्यही व्यक्तिहरूले नै अध्यक्षमाथि राजनीतिक षड्यन्त्र गरेका हुन्,' सञ्चारकर्मीसँग उनले भने।
उनले पताञ्जली जग्गा हिनामिना प्रकरणमा कानुनी उपचारका निम्ति लडिरहने निष्कर्ष बैठकको रहेको बताए। उनले अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने विषयमा छलफल भइनसकेको बताए। उनले भने, 'त्यस विषयमा छलफल भएको छैन। उहाँले बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ। संसदीय दलको बैठकबाट संसदीय दलको नेताबारे छलफल होला। अहिले त्यस्तो केही भएको छैन।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गत बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटी माग गर्ने आदेश सुनाएको थियो।
भ्रष्टाचार अभियोगले माधव नेपाल सांसद पदबाट निलम्बित, पार्टीको बैठकमा नियमित
Shares

प्रतिक्रिया