राजनीति


भिजिट भिसा प्रकरणबारे छलफल गर्न रास्वपाले शनिबार संसदीय दलको बैठक राख्ने

भिजिट भिसा प्रकरणबारे छलफल गर्न रास्वपाले शनिबार संसदीय दलको बैठक राख्ने

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८२ शुक्रबार ८:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार संसदीय दलको बैठक राख्ने  भएको छ। 

पार्टीका प्रवक्ता मनीष झाका अनुसार बैठक शनिबार बिहान ९ बजे बानेश्वरस्थित संसदीय दलको कार्यलयमा बस्नेछ।

बैठकमा भिजिट भिसा काण्डसम्बन्धी पछिल्ला घटनाका विषयमा छलफल गरिने उनले बताएका छन्। 

रास्वपाले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समिति बहिष्कार गरेको छ भने यस काण्डमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्नै अडान राखिरहेको छ। 

यही असार ९ गते बसेको मन्त्रिपरिषद्‌ बैठकको निर्णयअनुसार पूर्वमुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

जसमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलुवाल, कानुन न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सदस्य छन्। जसमध्ये काफ्लेलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ। 

तर विपक्षी दल रास्वपाले पूर्वमुख्यसचिव वैरागी नै शंकाको घेरामा रहेको दाबी गर्दै समिति अस्वीकार गरेको हो। 

यसअघि नै संसद् खुलाउन एमाले-कांग्रेससँग दुईबुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने समितिको स्वागत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad