नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी प्रशासन भनेको सरकारको अनुहार भएको बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले प्रहरी र शान्ति सुरक्षा एक अर्कामा जोडिने भन्दै जनताले सरकारको काम हेर्ने सबैभन्दा पहिलो कुरा प्रहरी नै भएको जिकिर गरे।
उनले प्रहरीले राम्रो काम गरे जनताहरुले सरकारको कामलाई पनि राम्रोसँग लिने, तर प्रहरीको विगतको अनुभवहरु नेतृत्वमा राम्रो रहे पनि तल्लो स्तरमा राम्रो नरहेको बताए। फिल्डमा तीता अनुभवहरु रहेकाले यसलाई रोक्ने उपायहरुसहित नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक अघि बढाउनुपर्ने बताए।
‘लोकतन्त्रलाई सुदृढ गर्ने र जनतालाई सेवा प्रदान गर्ने कुरा नै हो,’ प्रचण्डले भने, ‘प्रहरीकै र शान्ति सुरक्षाकै कुरा गर्दा जनताले पहिला हेर्ने सरकारको अनुहार प्रहरीबाटै हो। त्यो कुरा पनि आयो। हाम्रो त्यति राम्रो अनुभव छैन। माथिल्लो लिडरसिप लेभलमा कुरा गर्दा त ठिकठिकै देखिन्छ। तल फिल्डमा जाँदाका अनुभवहरु धेरै तीता अनुभवहरु छन्। त्यसलाई रोक्ने के उपाय हुनसक्छ भनेर यसलाई परिमार्जन गर्नुपर्छ।’
Shares

प्रतिक्रिया