राजनीति


आज प्रहरी विधेयकमाथि सैद्धान्तिक छलफल हुने

आज प्रहरी विधेयकमाथि सैद्धान्तिक छलफल हुने

नेपालखबर
असार ११, २०८२ बुधबार १०:२९, काठमाडौँ

नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि आज सैद्धान्तिक छलफल हुने भएको छ। 

बुधबार बस्ने संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी विधेयकमाथी छलफल हुने कार्यसूची रहेको छ। 

बिहान ९ बजेलाई बोलाइएको बैठक २ घण्टा पछि सार्दै ११ बजेलाई राखिएको छ। 

सरकारले नयाँ प्रहरी ऐन ल्याउने प्रक्रिया अगाडी बढाइसकेको छ। गत फागुन ११ गते गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भनि प्रस्ताव गरेका थिए। 

नेपाल प्रहरीमा विधमान ३० वर्षे सेवा अवधि हटाउने, जुनियर प्रहरीको पेन्सन अवधि घटाउने जस्ता व्यवस्था नयाँ ऐनमा गर्ने प्रस्ताव छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad