प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्यासको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन्।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने बताए।
‘दैलेखमा मिथेन ग्यासको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने काम थालेका थियौँ, सफल भएको छ,’ ओलीले भने, ‘यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ। यसको व्यवसायिक उत्पान सम्भवतः आगामी आर्थिक वर्षभित्र भइसक्नेछ। सदुपयोग पनि गरिनेछ।’
प्रधनमन्त्री ओलीले विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेतर्फ सरकार अग्रसर रहेको बताए।
108
Shares

प्रतिक्रिया