विशेष अदालतले दृष्टि न्युज अनलाइनलाई समाचार नहटाउन र परिमार्जन पनि नगर्न आदेश दिएको छ।
अदालतको अवहेलना मुद्दामा समाचार यथाअवस्थामा राख्दै ३ दिनभित्र जवाफ पेस गर्न दृष्टिलाई आदेश गरिएको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा, विदुर कोइराला सम्मिलित इजलासले यो आदेश दिएको हो।
अदालतले नै प्रतिवेदन उठाएर दृष्टिमाथि अवहेलनाको कारबाही अघि बढाएको हो।

165
Shares

प्रतिक्रिया