बजेटमाथि उठेका प्रश्नको जवाप दिन प्रतिनिधिसभाको रोस्ट्रममा पुगेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूलाई प्रश्न सोधेका कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम तामाङ)माथि आक्रोश पोखेका छन्।
सिंहले कान्छारामलाई ठूला कुरा गरेको भन्दै भने, 'रामेछाप जिल्लाकै कुरा गरौँ। माननीयज्यू (कान्छाराम)ले ठूल्ठूलो स्वरमा कुरा गर्नुभएको छ। नेपालको कुल जनसंख्याको रामेछापमा ०.८ प्रतिशत जनसंख्या रहेको छ। सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ मा मन्त्रालयको कुल बजेटको ०.७ प्रतिशत, ६६ वटा कार्यक्रममा रामेछापका लागि ८४ करोड ४७ लाख बजेट विनियोजन गरेको छ।’
सिंहले ठूला कुरा गरेको भनेलगत्तै कान्छाराम उठेर असहमति व्यक्त गरेका थिए। कान्छारामले प्रतिनिधिसभामा रामेछापलाई बजेट नदिइएको भन्दै ०८४ मा सिंह र अर्थमन्त्री विष्णु पौडेललाई संसद्मा देख्न नपरोस् भन्दै पशुपतिनाथ र गौतबुद्धलाई सम्झिँदै प्रार्थना गरेका थिए।
कान्छारामले नयाँ योजनामा बजेट नदिइएको र अहिले परेको भनिएको बजेट यसअघिकै योजनाको फरफारकका लागि भएको बताएका छन्।
Shares

प्रतिक्रिया