राजनीति


ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर बनेनः कुलपति राई

ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर बनेनः कुलपति राई

नेपालखबर
असार १०, २०८२ मंगलबार १५:३७, काठमाडौँ

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गरेका छन्। 

मंगलबार काठमाडौँमा आयोजित ४३ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले अघिल्लो पुस्ताले आर्जन गरेका ज्ञान र नयाँ पुस्ताले निर्माण गरिरहेको ज्ञानबीचको समन्वय कमजोर भएकोमा चिन्ता व्यक्त गरे। उनले अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम र कला–साहित्यको अवस्था समेतप्रति प्रश्न उठाउँदै राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने बताए। 

उनले भने, ‘हाम्रा पुर्खाहरुले आर्जन गरेका ज्ञान, हामीले उत्पादन गरेका ज्ञान र अहिलेको पुस्तालाई हाम्रो ज्ञानको सेतु कहाँ जोड्ने हो? नेपाल प्रज्ञा प्रतिष्ठानले के गर्ने हो? यसको लागि गम्भिर बहस र विमर्श गर्नुपर्ने आवश्यकता आइसकेको छ। जेन–जीको टिप्पणीलाई आधार मान्ने हो भने हामीले त ति पुस्तालाई डिप्रेसनको सिकार मात्र मानिरहेका रहेछौँ। दिएको त केही पनि छैनौँ। अहिलेको जेनजी लाई हामीले कस्तो पाठ्यक्रम दिइरहेका छौँ? अहिलेको ललितकला कहाँ छ, संगितकला कहाँ छ? अहिलेको साहित्य कस्तो हुनुपर्ने? यो हाम्रो र राज्यको दायित्व हैन?’

कुलपति राईले ज्ञानको सेतु निर्माण गर्न अब राज्य र बौद्धिक समाज मिलेर साझा पहल गर्नुपर्ने आवश्यकता औँल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad